close

फुटपाथमा व्यवसायका लागि लचिलो हुन सकिँदैन : महानगरप्रमुख बालेन

फुटपाथमा व्यवसायका लागि लचिलो हुन सकिँदैन : महानगरप्रमुख बालेन

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले चाडपर्वका बेला फुटपाथमा व्यापार गर्ने व्यवसायीका लागि लचिलो हुन नसक्ने बताएका छन् । 

प्रमुख साहले सामाजिक सञ्जालमार्फत् बिहीबार फुटपाथमा पहिलो अधिकार पैदलयात्रीको हुने बताउँदै यस्तो बताएका हुन् । 

‘सडक व्यापारले पैदल मार्गमा हिँड्ने यात्रुलाई बाधा गरेको कुरा सर्वसाधारणले महसुस गरेको विषय हो । त्यसैले सडक किनारामा निर्वाध हिँड्न पाउने पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप आंशिक रुपमा होइन पूर्ण र दीर्घकालीन रुपमा सञ्चालन गर्नेछ’, बालेनले भनेका छन्, ‘यो कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने कुरा समेत स्पष्ट पार्न चाहन्छौँ ।’

पैदल यात्रीका लागि पर्वका समयमा फुटपाथ अझ बढी आवश्यक पर्ने भन्दै मेयर साहले अन्य समयभन्दा यो बेला जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलाहरु किनमेलका घर वाहिर निस्कने बताएका छन् । ‘उहाँहरुको पैदल यात्रा सुरक्षा महानगरपालिकाको जिम्मेवारी हो’ उनले भनेका छन् ।