close

नगरप्रमुख पण्डितले दिए ५० परिवारलाई दशैं खर्च

नगरप्रमुख पण्डितले दिए ५० परिवारलाई दशैं खर्च

Trulli
ADVERTISEMENT

तनहुँ । चुनावी प्रतिबद्धतामा कुनै सेवा सुविधा नलिने घोषणा गरेका कृष्णराज पण्डितले आफ्नो तवबबाट विपन्नलाई दशैं खर्च दिएका छन् ।  शुक्लागण्डकी नगरपालिकाको मेयरमा निर्वाचित भएपछि पण्डितले पारिश्रमिक बापतको एक लाख ६० हजार रकम ५० विपन्न परिवारलाई वितरण गरेका हुन् ।

दशैं मान्नकै लागि ऋण काढ्न बाध्य विपन्न परिवारलाई पारिवारिक संख्या र आर्थिक अवस्था हेरेर आफ्नो तलवबाट आएको रकम वितरण गरेको बताए । 

निर्वाचनका बेला प्रतिवद्धता गरेका पण्डितले आफ्नो बाचा पूरा गर्दै तीन महिनाको तलब भत्ता विपन्न परिवारलाई प्रदान गरेको बताए । चार्डपर्व खल्लो नहोस् भनेर नगरभित्रका १२ वटै वडाबाट  ५० विपन्न परिवारलाई रकम सहयोग गरेको मेयर पण्डितले बताए। 

मेयर पण्डितले पारिवारिक संख्या र अवस्था हेरेर दुई हजारदेखि पाँच हजार रुपैयाँ रकम प्रदान गरेको जानकारी दिए।