close

नगरवासीले दुःख पाउनुहुँदैन : नगरप्रमुख यादव

नगरवासीले दुःख पाउनुहुँदैन : नगरप्रमुख यादव

Trulli
ADVERTISEMENT

काठमाडौं । धनुषााको क्षिरेश्वरनाथ नगरपालिकाका नगरप्रमुख सुखदेव यादवले जनप्रतिनिधिका स्वार्थका कारण नगरवासीले दुःख पाउन नहुने बताएका छन् । 

यसअघि पनि नगरप्रमुख भएका यादवले जनप्रतिनिधिको असहयोगका कारण नगर विकासका लागि उल्लेख्य काम गर्न नसकेको बताउँदै यस्तो बताएका हुन् ।  नगरको विकासमा कर्मचारीबाट सहयोग भए पनि आफूले जनप्रतिनिधिबाट सहयोग नपाएको उनको गुनासो छ । 

जनताले पुनः निर्वाचित गरे पनि आफ्नो पपुलारिटीलाई कम गर्न कर्मचारी खोजिएको उनको आरोप छ । 

‘कर्मचारीसँगको सम्बन्ध राम्रो छ र गुनासो पनि छैन । तर, जनप्रतिनिधिसँग बाझाबाझ भइरहेको छ । नगरपालिकामा काम गर्न मैले दुख पाए पनि जनताले दुख पाउनु भएन,’ उनी भन्छन् । 

जनताका आवश्यकताबारे बुझ्न सार्वजनिक बिदाका दिन घरघर आफू पुग्ने गरेको उनले बताए । कृषि पेसालाई जोड दिएको बताउँदै उनले पानीको समस्या समाधानका लागि बाँध बनाउने योजना रहेको सुनाए । 

त्यसैगरी, युवा बेरोजगार निर्मूलका लागि सीपमूलक कार्यक्रम अघि सारेको उनले बताए ।