close

मेयर आफैँ जुटे सरसफाइमा

मेयर आफैँ जुटे सरसफाइमा

Trulli
ADVERTISEMENT

काठमाडौं । नगरको सरसफाईका लागि  धनुषा क्षीरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादव शनिबार मैदानमा उत्रिए  । र, जुटे वडा नम्वर ५को महेन्द्रनगर बजारको  सरसफाइ कार्यमा ।
नगरको सरसफाइमा नगरपालिकाका जनप्रतिनिधी श्री श्रीनाथ गणका नेपाल आर्मी तथा स्थानीय प्रशासनको पनि सहभागिता छ । 

आफ्नो घर बजार वरिपरि सफाईमा जुट्न उनको आग्रह छ ।

नगरपालिकाका सरसफाई कर्मचारी पनि तलब भत्ताको लागि आन्दोलित रही सरसफाई ठप्प पारेपछि उनी सरसफाईमा जुटेका हुन् । 

साथै मेयर यादवले नगरपालिका ७ मा जनकपुर ढल्केवर सडकखण्ड अन्तर्गत औरही पुल नजिक लागिरहेको नयाँ बजार र चोकको बजारलाई पनि छिट्टै व्यवस्थित गर्ने प्रतिबद्धता जनाए ।

हरेक शनिबार सरसफाईलाई निरन्तरता दिने उनले जनाए ।