close

फरार गाउँपालिका अध्यक्षविरुद्ध उजुरीमाथि उजुरी

फरार गाउँपालिका अध्यक्षविरुद्ध उजुरीमाथि उजुरी

Trulli
ADVERTISEMENT

काठमाडौं । लागुऔषध मुद्दामा पक्राउ पुर्जी जारी भएपछि फरार पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध उजुरीको चाङ लागेको छ ।

अघिल्लो  कार्यकालमा पनि सोही पालिकामा माओवादी केन्द्रको तर्फबाट कार्यपालिका प्रमुख भएका उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा आर्थिक अनियमितता सम्बन्धमा उजुरीको चाङ लागेको हो । 

अघिल्लो कार्यकालमा भ्रष्टाचार गरेर श्रीमती शारदा आचार्य गुप्ताको नाममा सुनवलमा ५ कठ्ठा जग्गामा ३ तले, बुटवलमा ३ तले र अर्घाखाँचीमा आलिशान भवन बनाएकोलगायत उजुरी परेका छन् ।