काठमाडौं । समयमा निर्वाचन खर्च विवरण नबुझाउने उम्मेद्वारलाई निर्वाचन आयोगले जरिवाना गरेपछि कपिलवस्तु नगरपालिका-३ मा वडा सदस्यमा उठेका रामचन्द्र पासीले आफू मारमा परेको बताएका छन् ।
निर्वाचन आयोगले समयमा निर्वाचन खर्च विवरण नबुझाउने वडा सदस्यलाई २ लाख जरिवाना गरेको छ ।
उनी २०७९ साल वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा माओवादीको तर्फबाट वडा सदस्य पदमा उठेका थिए ।
समयमा निर्वाचन खर्च विवरण नबुझाउने उम्मेद्वारलाई निर्वाचन आयोगले जरिवाना गरेपछि कपिलवस्तु नगरपालिका-३ मा वडा सदस्यमा उठेका रामचन्द्र पासीले आफू मारमा परेको बताएका छन् । उनी भन्छन्, ‘ यत्रो पैसा कसरी तिर्ने !’