close

वीरगन्ज महानगर-१६ का वडाध्यक्षलाई कारागार चलान गर्न आदेश

वीरगन्ज महानगर-१६ का वडाध्यक्षलाई कारागार चलान गर्न आदेश

Trulli
ADVERTISEMENT

काठमाडौं । वीरगन्ज महानगरपालिकाका १६ का निवर्तमान वडाध्यक्षलाई कारागार चलान हुने भएका छन् । 

विशेष अदालतले महानगरपालिकाको वडा नम्बर १६का निवर्तमान वडा अध्यक्ष श्यामबाबु प्रसाद चौरसियालाई भ्रष्टाचारको मुद्दामा तीन महिना करागार र १० हजार रुपैयाँ जरिवाना सजाय सुनाएसँगै उनी कारागार चलान हुने भएका हुन् । 

विषेश अदालतका न्यायधीसहरु रमेश कुमार पोखरेल र शालिग्राम कोइराला एवम बलभद्र बास्तोलाको इजलासले बिहिबार फैसलामा उक्त सजाय र जरिवाना गरेको हो ।

सोही मुद्दामा जहराति मियां धुनियालाई ८० हजार र ज्ञान्ति देवीलाई ९० हजार रुपैयाँ जरिवाना भराउने फैसला गरिएको छ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगले वीरगन्ज १६ का निवर्तमान वडा अध्यक्ष चौरसियाले वडामा पर्ने धुनिया विक्रि गरेको जग्गाको मुल्यांकन न्यून गरेर सिफारिस गरेका थिए ।उक्त जग्गा खरिदबिक्रिमाआर्थिक हानी नोक्सानी पुर्याइएको भन्दै उक्त दन्ड सजाय सुनाइएको जनाइएको छ ।

अध्यक्ष चौरसिया सहित जग्गा बिक्रेता धुनिय र खरिदकर्ता ज्ञान्ति देवीलाई  प्रतिवादी बनाइ अख्तियार दुरुपयोग अनुशन्धान आयोगले विषेश अदालतमा २०७७ जेठ ९ गते मुद्दा दर्ता गरेको थियो ।