close

६० हजारको साइकल उपहार पाएपछि हर्क साम्पाङको यस्तो योजना

६० हजारको साइकल उपहार पाएपछि हर्क साम्पाङको यस्तो योजना

Trulli
ADVERTISEMENT

सुनसरी । धरान उपमहानगरपालिका प्रमुख (मेयर) हर्क साम्पाङले साइकल उपहार पाएका छन् ।

मेयर साम्पाङलाई उनका एक शुभचिन्तकले साइकल उपहार दिएका हुन् । 

स्कटल्यान्डमा बसोबास गर्दै आएका समर्थकले सो साइकल उपहार दिएको मेयर साम्पाङले बताएका छन् । साइकलको मूल्य ६० हजार रुपैयाँ रहेको छ ।

सामाजिक सञ्जाल फेसबुकमा निकै सक्रिय रहने मेयर साम्पाङले आज बिहानै साइकलसहितको तस्बिर शेयर गरेका छन् । दुई दिनअघि साइकल उपहार आएको उनले जानकारी दिएका छन् ।

अब छोटो दूरीको यात्रा गर्दा आफूले साइकल चढ्ने उनले बताएका छन् ।

अब साइकल पर्यटन प्रवर्द्धनका लागि साइकल प्रतियोगिता आयोजना गर्ने योजनासमेत मेयर साम्पाङले अघि सारेका छन् ।

सरकारी सुविधाको गाडी नलिएका मेयर साम्पाङ मोटरसाइकल चढ्ने गरेका छन् ।