काठमाडौं । धरान उपमहानगरका मेयर हर्क सम्पाङले आफ्नो कार्यकक्ष तोडफोड गर्नेविरुद्ध उजुरी दिएका छन् ।
आइतबार मेयर साम्पाङको कार्यकक्षमा तोडफोड भएपछि मेयर साम्पाङले सोमबार प्रहरी कार्यालय धरानमा उजुरी दिएको मेयरको सचिवालयले जानकारी दिएको छ ।
सचिवालयका अनुसार मेयरको कार्यकक्षको झ्यालको सिसा फुट्नुका साथै, ल्यापटप तोडफोड भएको छ ।
तर, धरान उपमहानगरका प्रवक्ता सूर्यबहादुर (मनोज) भट्टराईले मेयरको कार्यकक्षमा १५ गते तोडफोड भएको सुनेको, तर आफू बाहिर रहेकाले यसबारे विस्तृत जानकार नरहेको बताए ।
यस्तै, इलाका प्रहरी कार्यालय धरानले मेयर साम्पाङले शान्तिविरुद्ध कसुरमा उजुरी दिएको जानकारी दिएको छ ।
उजुरी दिएसँगै कार्यालय तोडफड गर्नेहरु फरार भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । अहिले उनीहरूको खोजी भइरहेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।