close

पैसा भेटिए उम्मेदवारी त्यागिदिन्छु : प्रत्यासी अग्रवाल

पैसा बाँडेको भन्ने हल्ला मात्रै : एसपी कोइराला

पैसा भेटिए उम्मेदवारी त्यागिदिन्छु : प्रत्यासी अग्रवाल

पैसा बाँडेको भन्ने हल्ला मात्रै : एसपी कोइराला

Trulli
ADVERTISEMENT

मोरङको रंगेली नगरपालिकाको वडा नं. ८ मा गएराती नेकपा एमालेका कार्यकर्ताले मतदातालाई पैसा बाँडेको भन्ने प्रचार गलत भएको मेयरका प्रत्यासी दिलिप अग्रवालले बताएका छन् । मतदातामा भ्रम छरेर चुनावी एजेण्डा बनाउँदै आफुलाई बद्नाम गर्न खोजिएको पनि मेयर अग्रवालले बताए । 

 

तपाईंका कार्यकर्ता पैसा बाँड्न पुगेका हुन् ? भन्ने पालिका खबरको प्रश्नमा अग्रवालले भने, ‘पैसा बाँडेर यदि चुनाव जित्न सकिन्छ भने नेपालको ठूला धनाढ्यहरु पैसा बाँडेरै प्रधानमन्त्री भइहाल्थे नि, पैसा बाँडेर होइन, जनताको मन जितेर सेवा गर्नुपर्छ, मैले जानेको पनि त्यहि हो र गर्ने पनि त्यहि हो ।’

 

चुनावी छलफलका लागि वडा नं. ८ को दुर्वेसाका आफ्ना संगठित कार्यकर्ता जगतमान ताजपुरीयाको घरमा गएका एमालेका कार्यकर्ताहरुमाथी अन्य दलका प्रतिनिधिले अनावश्यक विवाद चर्काएको अग्रवालले बताए । 

 

‘बेलुकी ७ बजेपछि प्रचार गर्न गएको हो र ? आफ्नो पार्टीका कार्यकर्तासँग घरभित्र बसेर छलफल पनि गर्न पाईंदैन ?’ अग्रवालले भने । 

 

नेकपा एमालेबाट मेयरका प्रत्यासी बनेका दिलीप अग्रवाल यसअघि नेकपा माओवादी केन्द्रबाट २०७४ मा निर्वाचित रंगेलीका मेयर हुन् ।

 

पैसा भेटिए उम्मेदवारी नै छोडिदिन्छु : अग्रवाल

रंगेलीको मेयरका प्रत्यासी दिलीप अग्रवालले मेयर, उपमेयरसँगै ९ वटै वडामा एमालेले जित्ने सुनिश्चितता देखेर अन्य प्रत्यासीको हतास मानसिकताको उपजका रुपमा यस्तो अफवाह फैलाएको बताए । उनले आफुले पैसा बाँडेको भेटिए उम्मेदवारी नै त्यागिदिने घोषणा गरे । पालिका खबरलाई प्रतिक्रिया दिंदै अग्रवालले भने ‘मैले पैसा बाँडेको प्रमाण देखाउनुपर्याे नि, हल्लाको भरमा मतदातालाई भ्रममा पार्ने ? मैले बाँडेको पैसा हो भनेर भेटियो भने उम्मेदवारी त्यागिदिन्छु ।’ उनले मतदातालाई जति भ्रम फिजाए पनि मतदाता आफ्नै साथमा रहेको दावी गरे । 

 

पैसा बाँडेको भन्ने हल्ला मात्रै : प्रहरी प्रमुख कोइराला

मोरङ प्रहरी प्रमुख एवं प्रहरी उपरिक्षक (एसपी) शान्तिराज कोइरालाले पैसा बाँडेको भन्ने हल्ला मात्र भएको बताए । पालिका खबरसँग कोइरालाले भने, ‘आचारसंहिता विपरित बेलुकी ७ बजेपछि किन हिंडेको भनेर सोधिएको मात्रै हो, पैसा बरामद भएको छैन, कसैले पाएँ भनेर जानकारी आएको पनि छैन, यो हल्ला मात्रै हो ।’ एस्पी कोइरालाले केही व्यक्तिहरु पक्राउ गरिएको भन्ने हल्ला निराधार भएको बताए । उनले भने ‘भिड नियन्त्रण गर्न केही व्यक्तिलाई ‘रेस्क्यू’ मात्र गरिएको हो, पक्राउ गरिएको छैन ।’