close

विराटनगर महानगरको मेयरमा पाँच आकांक्षी, पूर्वमन्त्री पण्डित र घिमिरे पछि हटे

विराटनगर महानगरको मेयरमा पाँच आकांक्षी, पूर्वमन्त्री पण्डित र घिमिरे पछि हटे

Trulli
ADVERTISEMENT

विराटनगर महानगरपालिकामा मेयरमा आकांक्षी धेरै देखिएपछि पूर्वमन्त्री लालबाबु पण्डित पछि हटेका छन् । उनीसँगै प्रदेश १ सरकारका पूर्व मन्त्री जिवन घिमिरेले पनि मेयरको उम्मेदवारीमा चासो देखाएनन् ।

 

शनिबार बसेको नेकपा एमाले विराटनगर महानगर कमिटिको बैठकले भने पाँच जनाको नाम सिफारिस गरेको छ । बैठकले एमाले विराटनगर महानगर कमिटिी अध्यक्ष सागर थापा, केन्द्रीय सदस्य रामलाल साह, मोरङ उपाध्यक्ष बाबुराम कार्की, प्रदेश सदस्य पर्शुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस गरेको हो ।

 

उपप्रमुखको उम्मेदवारका लागि शिल्पा कार्की, विमला घिमिरे दाहाल र अन्जु उपाध्ययको नाम सिफारिस गरेको छ ।

 

एमाले विराटनगर महानगर कमिटिले पठाएको नामबाट प्रदेश कमिटीले एकजना उम्मेदवार छनौट गरी नाम केन्द्रीय कमिटीमा सिफारिस गर्नेछ ।

 

शनिवार बसेको बैठकले विराटनगर १०, ११ र १९ नम्बर वडाको अध्यक्षको उम्मेदवार पनि टुङ्गो लगाएको छ । विराटनगर १० मा अर्जुन गिरी, ११ मा तीर्थेन्द्र न्यौपाने र १९ मा श्याम घिमिरेको नाम वडा अध्यक्षको उम्मेदवारका लागि सिफारिस गरेको छ । अन्य वडामा चैत भित्र टुङ्गो लगाउनले निर्णय एमाले विराटनगर नगर कमीटीले गरेको छ ।