close

जनताको प्रश्नको जवाफ दिंदै जनप्रतिनिधि गाउँमा 

जनताको प्रश्नको जवाफ दिंदै जनप्रतिनिधि गाउँमा 

Trulli
ADVERTISEMENT

नेकपा एमाले बागलुङले प्रशिक्षणात्मक भेला तथा अन्तरक्रियालाई तिब्रता दिएको छ । बागलुङ नगरपालिका वडा नं. १४ नारायणस्थान, काठेखोला गाउँपालिका वडा नं. ३ धम्जा, जैमिनी नगरपालिका वडा नं. ३ दमेक र वडा नं. ८ छिस्तीमा कार्यक्रम सम्पन्न भएको छ । 

 

बागलुङ नगरपालिका वडा नं. १४ नारायणस्थामा आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य मनकुमारी केसीले समृद्ध नेपाल सुखी नेपालीको अभिभारा पुरा गर्ने मुख्य दायीत्व नेकपा एमालको काँधमा आएकाले एमालेमा गोलबद्ध हुन सबैलाई आग्रह गरिन् । 

 

जैमिनी नगरपालिका वडा नं. ३ दमेकमा आयोजित अगुवा कार्यकर्ता भेला तथा जनताको प्रश्न जनप्रतिनिधिको जवाफ कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले वर्तमान सरकार गठनपछि नेपालको विकास अवरुद्ध भएको भन्दै सत्ताधारी गठबन्धनका विरुद्ध जनताको मत प्रकट हुने विश्वास व्यक्त गरे ।  

 

जैमिनी नगरपालिका वडा नं. ८ छिस्तीमा आयोजित अगुवा कार्यकर्ता भेला तथा जनताको प्रश्न जनप्रतिनिधिको जवाफ कार्यक्रममा नेकपा एमालका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा. सूर्य पाठकले केपी ओली नेतृत्वको सरकारले देश समृद्धिको खाका कोरेकाले एमालेकै नेतृत्वमा मुलुक समृद्ध बन्ने दावी गरे । 

 

काठेखोला गाउँपालिका वडा नं. ३ धम्जामा आयोजित अगुवा कार्यकर्ता भेलामा नेकपा एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले एमाले नै मुलुक समृद्धि, सुशासन स्थापित गर्ने पार्टी भएकाले सबैलाई एमालेमा समाहित हुन आग्रह गरे ।