close

‘दिगो विकासका निम्ति गुरुयोजना बनायौं’ 

‘दिगो विकासका निम्ति गुरुयोजना बनायौं’ 

Trulli
ADVERTISEMENT

पदमपाणी शर्मा, नगरप्रमुख, फलेबास नगरपालिका, पर्वत 


११ गाउँ विकास समिति मिलेर नगरपालिका फलेबास बनेको हो यो । निर्वाचन भएपछि सबै जनतालाई एउटै पालिका हो भन्‍ने मनोविज्ञान बनाउनुपर्ने थियो । यसैले फलेबास नगरपालिका भन्‍ने मनोविज्ञान बनाइयो । दिगो विकासका निम्ति गुरुयोजना बनायौं । बाटो र अन्यको पूर्वाधारको मापदण्ड तयार गर्‍यौँ । त्यहीअनुसार बजेट योजना गरेकै आधारमा आजसम्म आएका छौं । 

 

हाम्रो जस्तो रोजगारी समस्या भएको मुलुकमा स्वाभाविक रूपमा आम जनताको जनभावना र अपेक्षा हुन्छन् । यी सबै आवश्यकता र अपेक्षा पूरा गर्न कठिन छ, तर हामीले प्राथमिकताका आधारमा काम गर्दै जाँदा अरु नगरपालिकाको भन्दा हामीले भिन्‍न तरिकाले काम गरिहेका छौं । हामीले आएका बजेटलाई किस्ता किस्ता बनाएका छैनौं । संघीयताको मर्मअनुसार नगरपालिकालाई केन्द्रमा राखेर वडा(वडामा प्राथमिकताका आधारमा विभिन्‍न शीर्षकमा बजेट विनियोजन गरेर योजनाबद्ध विकासको थालनी गर्‍यौँ । यो नै हाम्रो विकासको ठूलो सिद्धान्त बन्यो । 

 

पहिले त हामी कुस्मा केन्द्रित थियौं । त्यसैले सबैभन्दा पहिला ११ वटा गाविसलाई नगरपालिकाको केन्द्र केन्द्रित गरेर भित्री र बाहिरी चक्रपथ, रिंगरोडमा जोडेर सजिलै आवागमन गर्छौं भनेर भनेका थियौं । त्यस्तै सबै वडा कार्यालय बनाउँछौं भनेका थियौं । पर्यटनको क्षेत्रमा नयाँ आयामका कुरा गरेका थियौं । हाम्रो घोषणापत्रमा शिक्षामा परिवर्तका कुरा थियौँ । स्वास्थ्यका क्षेत्रमा वडामा रहेका स्वास्थ्य संस्थालाई स्तरोन्तति गर्ने कुरा गरेको थियौं । विपन्‍न नागरिकको सामाजिक सुरक्षा गर्छौं पनि भनेका थियौं । जलविद्युत्का कुरा पनि घोषणापत्रमा थिए ।

 

हामीले सबै वडामा आवागमन सजह बनाउँछौं भनेका थियौं । त्यसमा हामीले शून्यमा रहेको पिच बाटो अहिले ५० किलोमिटर पुर्‍याएका छौं । जसले गर्दा ११ वटै वडाका नागरिक सहज रूपमा पालिका केन्द्र आउँछन् । पूर्वाधारहरूकै कुरा गर्दा हामीले खुल्ला आकाशमुनि शपथ खाएका थियौं । फलेबासमा ६० रोपनी ८ आना जग्गा निःशुल्क लिएर प्रमुख प्रशासकीय भवन बनाउँदै छौं । शिक्षा, स्वास्थ्य सबै क्षेत्रको पूर्वाधारतर्फ देखिने गरी काम भएको छ । पर्यटनका क्षेत्रमा पोखरासँग लिंकअप गरेर मनमोहन शान्तिवाटिका, पर्यटकीय पहाड, कोट, जैमिनी लगायतका सबैलाई जोडेर व्यापक रूपमा कार्यक्रम गर्दा अहिले पर्यटकीय हब बन्‍ने स्थितिमा छ ।

 

गाउँमा छोराहरू विदेश जाने बुहारीहरू छोरा छोरी पढाउन सहर झर्ने चलन थियो । उनीहरूमा अंग्रेजी पढाइको मोह थियो । त्यसैले हामीले शिक्षा ऐन नियमावली बनाएर सबै विद्यालयमा ५ कक्षासम्म अंग्रेजी माध्यमबाट बढाउने व्यवस्था मिलायौं । स्वास्थ्यका क्षेत्रमा पनि हामीले सबै वडामा रहेका स्वास्थ्य क्षेत्रको स्तरोन्‍नति गरेर अस्पतालको सेवा प्रारम्भ गर्दै विशेषज्ञसहितको सेवा दिएका छौं । सबै विकास गरिरहँदा मानिस नगरपालिकामै बस्न सक्नुपर्छ भनेर सामाजिक सुरक्षाको प्रत्याभूति दिलाएका छौं । जसका लागि लागि पेन्सनको व्यवस्था गरेका छौं । 

 

ज्याला मजदुरी गरेर बचाएको ५ सय रुपैयाँ व्यक्तिले राख्ने र त्यसमा नगरपालिकाले ५ सय थपेर लगानी कोषमा राखिएको छ । जसले गर्दा नगरपालिकाका एक हजार मानिसको सामाजिक सुरक्षा भएको छ । बिस्तारै यो संख्या बढाउने पक्षमा छौं । बगिरहेको कालिगण्डकीलाई उपलब्धि मुलक बनाउन ८ सय ४४ मेगावाटका लागि अध्ययन भएको छ । युवा तथा महिलाहरूलाई विभिन्‍न सीपमूलक तालिम दिएका छौं । अहिले उनीहरूले आफैँले आयआर्जन गर्न सक्ने भएका छन् । यी सबैलाई हेर्दा हामीले घोषणापत्रमा भनेका अधिकांश कुरा गरेका छौं र त्यसमा हामी गौरव गर्छौं । 

 

जुन लेबलमा हामीले गर्न सक्छौँ भनेका थियौं र बजेटको सीमा थियो । त्यो बजेटको सीमा र माग मिल्दै गएको छ । स्थानीय सरकारमा कति बजेट आउँछ भन्‍ने अनुमान थिएन । आन्तरिक आम्दानी पनि कम नै छ । पहिला ५ लाख थियो अहिले डेढ करोड पुर्‍याएका छौं । तर पनि बजेटको कमीले गर्दा सोचे जस्तो काम गर्न सकेनौं । हामीले योजनामा पारेका २ वटा महत्वपूर्ण बाटोहरू पूरा गर्न नसक्दा हामीलाई दुःख लागेको छ । हाम्रो सुविधा सम्पन्‍न प्रशासकीय भवन समयमै सक्थ्यौं तर विविध कारणले ढिलो भएको छ । 

 

कोरोनाले व्यापक रूपमा समस्या बनायो । लगभग साढे २ वर्ष हामी त्यसैमा भुल्यौं । अनि अर्को, हाम्रो जस्तो समाजमा आफूले भनेको कुरो भएन भने कुनै काम विधिले टुंगाए पनि भाँजो हाल्ने हाम्रो समाजको चरित्र हो । अर्को कुरा जनताले आफूलाई केन्द्रित गरेर विकास निर्माणका काम हेरिदिँदा पनि समस्या हुन्छ । 

 

हामीले सुरुमा कानुन बनायौं, ऐन-नियमावली बनायौं । त्यसमा संघले पालिकाको अधिकार सूची नदिँदा समस्या भएका छन् । अनि स्थानीय पनि सरकारको हो भनेर स्थापित गराउन पनि समस्या भएको छ । संघले प्रदेशलाई हेपेको छ भने प्रदेशले हामीलाई हेपेको छ, त्यसकारण एकले अर्काको अस्तित्व नस्वीकार्दा समस्या हुन्छ ।