चिन्तन तामाङ, नगरप्रमुख
धनकुटा नगरपालिका, धनकुटा
जिल्ला अस्पताल भएको नगरपालिका भएकाले धनकुटा नगरपालिकालाई कोरोना नियन्त्रण गर्न ठूलो समस्या भएन । कोरोनाको ठूलो संक्रमण पनि देखिएन । तर, नगरपालिकामा बाहिरबाट आउने मानिस राख्न क्वारेन्टाइन बनायौँ । बाहिरबाट आउनेलाई क्वारेन्टाइनमा राख्यो । यसबाहेक कन्ट्याक्ट ट्रेसिङ, परीक्षण पनि निरन्तर गरिरह्यौँ । जिल्ला अस्पतालमा अन्य बिरामीको पनि चाप हुने भएकाले ६० बेडको कोभिड अस्पताल नगरपालिकाले नै सञ्चालन गर्यो ।
कोरोना नियन्त्रणमा नगरपालिकाले आफ्नै स्रोतबाट खर्च गर्यो । पूर्वाधारमा छुट्याएको रकमबाट रकमान्तर गरेर खर्च गरियो । ‘हामीले कोरोनाका लागि बजेट छुट्याएका थिएनौँ,’ उनले भने, ‘आफ्नै विभिन्न स्रोतको रकमलाई रकमान्तर गरेर खर्च गर्यौँ । माथिबाट कोरोनाका लागि बजेट आएन ।’
केन्द्र सरकारले बनाएको बजेट सन्तुष्ट हुने खाले नभए पनि सबै कुरा समेटेको छ । ‘संघले बनाएको बजेट ठीकै छ,’ उनले भने, ‘पहिलेकै कुरालाई प्राथमिकता दिएको छ । सबै कुरा समेटिएकै छन् ।’
नगरको विकासका लागि चार वर्षको अवधिमा थुप्रै काम गरेका छौँ । कृषि क्षेत्रमा उत्पादनमा उत्पादन बढाउन लागि यान्त्रिकीकरण गरेका छौँ । पर्यटन प्रवद्र्धनका लागि पार्क निर्माण गरेका छौँ । धनकुटालाई एभोकाडोको राजधानी बनाउन एभोकाडोको उत्पादनमा जोड दिएका छौँ । विभिन्न क्षेत्रमा पकेट क्षेत्र घोषण गरेर उत्पादनलाई जोड दिइएको छ ।
अन्तिम वर्षको बजेटमा पनि कृषिलाई प्राथमिकतामा राखेका छौँ । ‘हामीले अन्तिम वर्षको बजेटमा कृषिलाई प्राथमिकतामा राखेका छौँ,’ उनले भने, ‘कृषिबाहेक अधुरा कामलाई निरन्तरता दिएर सिध्याउनु यो वर्षको बजेटको लक्ष्य छ ।’
यस अवधिमा मैले नागरिकसमक्ष गरेका प्रतिबद्धता पूरा भइसकेका छन् । सहरलाई पूरै फूलबारीयुक्त बनाउन सफल भएका छौँ । खानेपानी अभाव भएकाले नगरभरमा पुग्ने पानी पर्याप्त बनाउने वाचा पूरा भएको छ । नगरभित्र भएका खरका छानोलाई विस्थापन गरर टिनको छानो लगाउने काम सम्पन्न भएको छ ।
ठूलो सपना नदेखाएको र देखाएका सपना पूरा भइसके । ‘मैले नागरिकलाई ठूलो सपना देखाएको थिइनँ,’ उनले भने, ‘देखाएको सपना पूरा गरिसकेको छु ।’