देवकुमार सुवेदी, नगरप्रमुख
वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
कोरोना महामारीका बेला संक्रमितको स्वास्थ्यस्थिति बुझ्न घरघरमै पुग्यौँ । होम आइसोलेसनमा बसेका हरेक बिरामीको स्वास्थ्य अवस्था बुझेर औषधीसमेत बाँड्यौँ । नगरपालिकाको टिमले होम आइसोलेसनमा बसेका सबैको स्वास्थ्य चेकजाँच गरियो । त्यसपछि तिनलाई अक्सिजन कमी भएको वा अन्य समस्या भए नगरको आइसोलेसनमा लगेर राख्ने काम गरियो । नेपालमा कोभिडको सुरुआतदेखि नै नगरपालिका यसको नियन्त्रणमा जुटेको हो । क्वारेन्टाइन र आइसोलेसन बनाएर सुरुबाटै कोरोना नियन्त्रणमा लाग्यौँ । ‘नेपालमा कोभिड भित्रिँदै गर्दा स्थिति भयावह थियो,’ उनले भने, ‘तर हामी क्वारेन्टाइन र आइसोलेसन बनाएर तयारी अवस्थामा थियौँ । त्यसबेला निरन्तर आरडिटी परीक्षण गर्यौँ । पिसिआर गर्न सम्भव थिएन ।’
क्वारेन्टाइनमा ४५ सय मानिस राखेर पठायौँ । त्यसमा अधिकांश भारतबाट फर्र्किएका थिए । तर, दोस्रो लहरमा भने नगरले आफ्नै अस्पताल बनाएकाले सहज भयो । ‘दोस्रो लहरमा हामीले नगर कोभिड अस्पताल बनाइसकेका थियौँ,’ उनले भने, ‘एम्बुलेन्स निःशुल्क ग¥यौँ । परीक्षणलाई निरन्तरता दियौँ । यसले केही सहज भयो ।’
नगरपालिकाले १५ बेडको अस्पतालबाट करिब ३ सय मानिसलाई निको बनाइसकेको छ । पछिल्ला लहरमा अक्सिजन अभाव झेल्नु परेपछि हामीले यो वर्षबाट अक्सिजन प्लान्ट स्थापना गरिरहेका छौँ । ‘हामीले अक्सिजन अभाव भएकाले अर्को लहर आउँदा अभाव नहुने गरी कर्णाली प्रदेश सरकारको सहयोगमा अक्सिजन प्लान्ट स्थापन गरेका छौँ,’ उनले भने । प्रदेशले अक्सिजन प्लान्ट राख्न सहयोग गरे पनि संघले केही सहयोग गरेन । संघले पठाउने बजेट पनि सन्तुष्ट हुने खाले छैन । बजेट स्थानीय सरकारको अधिकार कुल्चिएर आएको छ । ‘संघको बजेट स्थानीय सरकारको अधिकार कुल्चिएर ल्याइएको छ,’ उनले भने, ‘संघीय सरकारको आवश्यकताअनुसार बजेट दिइएको छ । जबकि स्थानीय सरकारको आवश्यकतालाई हेरेर बजेट बनाउनुपथ्र्यो । ससर्तको बजेट बढाएर टुक्रे १०÷१५ हजारको कार्यक्रम संघले पठाएको छ ।’ बजेटले नयाँ स्वरुपलाई बुझ्न नसकेको देखियो ।
निर्वाचित भएर आएको चार वर्षमा नगरमा चक्रपथलाई ग्राभेल गर्ने काम गरिसकेका छौँ । फोहोर व्यवस्थाफन गर्न ल्यान्डफिल्ड साइट निर्माण गरिसकेका छौँ । त्यस्तै, निर्वाचित भएर आउँदा दुई वटा वडामा बिजुली पुगेको थिएन । अहिले पुर्याइसकेका छौँ । कानुन क्षेत्रमा ८७ वटा कानुन निर्माण गरेर कार्यान्वयन अवस्थामा रहेको छ । धेरै वडामा मेलमिलाप केन्द्र निर्माण भइसकेका छन् । सबै वडामा प्राथमिक स्वास्थ्य केन्द्रको सेवा पुगेको छ ।
यो वर्षको बजेट प्राथमिकता कोभिड नियन्त्रणलाई दिइएको छ । ‘यो वर्षको मुख्य प्राथमिकता कोभिड नियन्त्रण नै हो,’ उनले भने, ‘कोभिडले शिक्षालाई पनि केही अवरुद्ध गरेकाले त्यसलाई वैकल्पिक तरिकाले सुरु योजना छ ।’ यसबाहेक नगरले सडक उज्यालो कार्यक्रमअन्र्तगत हाइ मार्चलाई राखेको छ । पूर्वाधारमा पुराना अधुरा कामलाई निरन्तरता दिएका छौँ । यो अवधिमा चाहेर गर्न नसकेका काम थुप्रै छन् । धेरैजसो भने पूरा भइसके । नगरलाई हरियाली बनाउने, खानेपानी व्यवस्थित गर्ने काम हुन सकेन । ‘खानेपानीको समस्या छ,’ उनले भने, ‘यो समस्या समाधान गर्न सकिएन । भेरीको पानी ल्याउनुपर्नेछ । तर, ठूलो लगानी लाग्ने हुँदा काम गर्न सकिएन ।’