close

आफ्नै गाडीमा राखेर संक्रमितलाई अस्पताल लैजान्छन् वडाध्यक्ष

आफ्नै गाडीमा राखेर संक्रमितलाई अस्पताल लैजान्छन् वडाध्यक्ष

Trulli
ADVERTISEMENT

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष अनन्तराज गैरेले कोभिड संक्रमितलाई अस्पतालसम्म आफ्नो निजी गाडी उपलब्ध गराएका छन् ।


समुदाय स्तरमै कोरोनाको दोस्रो लहर फैलिएपछि वडाभित्रका जटिल प्रकृतिका संक्रमितलाई अस्पतालसम्म पुर्‍याउन वडाध्यक्ष निजी गाडी दिएका हुन् ।


वडाध्यक्ष गैरेले वडाबासीलाई आवश्यक परे २४ सै घन्टा अक्सिजनसहित आफ्नो साधन उपलब्ध गराउने घोषणा गरेका हुन् । 


वडाध्यक्ष गैरेले महामारीको समय नागरिकको सेवाका लागि आफूले प्रयोग गरिरहेको व्यक्तिगत गाडी वडाबासीको सेवामा समर्पित गरेको बताए ।


वडाभित्रका कोरोना संक्रमित सबैलाई होम आइसोलेसनमा राखिएको वडाध्यक्ष गैरेले जानकारी दिए ।