धनकुटा - महालक्ष्मी नगरपालिका, धनकुटाकी उप्रमुख मन्जुकुमारी कार्की अधिकारीलाई कोरोना पोजिटिभ देखिएको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको हो ।
परिवारका एक जनामा कोरोना संक्रमण देखिएपछि कार्कीले बुधबार स्वाब दिएकी थिइन् ।