close

हुप्सेकोट गाउँपालिका अध्यक्षलाई कोरोना

हुप्सेकोट गाउँपालिका अध्यक्षलाई कोरोना

Trulli
ADVERTISEMENT

नवलपरासी पूर्व - नवलपरासीपूर्व हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेलाई पनि कारोना संक्रमण देखिएको छ । पाण्डेसहित हुप्सेकोट गाउँपालिकाका ८ जनामा एकैचोटि संक्रमण देखिएको हो ।


गत १३ कात्तिकमा ८ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पोखरा पठाइएकामा अध्यक्ष पाण्डेसहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हुप्सेकोट गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण सापकोटाले जानकारी दिए ।


‘कोरोना पुष्टि हुनेमा गाउँपालिका अध्यक्ष एवं ४ कर्मचारी,  १ शिक्षक, १ प्रहरी र १ किशोरी रहेका छन्’, स्वास्थ्य शाखा प्रमुख सापकोटाले भने ।