झापा– मेचीनगरका प्रमुख विमल आचार्यलाई कोभिड–१९ को थप उपचारका लागि आज भारतको सिलिगुढी लगिएको छ । कोभिड–१९ बाट १६ दिनअघि संक्रमित भएपछि उनी केही दिन होम आइसोलशन र त्यसपछि लगातार विराटनगरको नोबेल हस्पिटलमा उपचाररत थिए ।
मधुमेहका बिरामी उनलाई स्वास्थ्य झन् कमजोर हुँदै गएपछि आज साँझ एम्बुलेन्समार्फत काँकडभिट्टा हुँदै सिलिगुढी लगिएको परिवारले जनाएको छ ।