सप्तरी - जनकपुरमा रहेको प्रादेशिक अस्पतालमा कोभिड १९ विशेष भेन्टिलेटर नहुँदा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख शैलेशकुमार साहलाई उपचारकालागि काठमाडौं लगिएको छ ।
नगरप्रमुख साहलाई कोरोनाका कारण निमोनियाको लक्षण देखिएको र भेन्टिलेटरमा राख्नुपर्ने आवश्यकता देखिएकाले थप उपचारका लागि काठमाडौंस्थित ह्याम्स अस्पताल रेफर गरिएको प्रादेशिक अस्पतालका फोकल पर्सन डा. रामदेव चौधरीले पालिका खबरलाई जानकारी दिए ।