बर्दिया - बारबर्दिया नगरापालिका-३ का ३० वर्षीय वडाध्यक्ष सूर्यबहादुर थारुको कोरोना संक्रमणका कारण निधन भएको छ ।
कोरोना संक्रमण देखिएपछि वडाध्यक्ष थारु गत भदौ २९ गतेदेखि भेरी अस्पताल नेपालगंजमा उपचारारत् थिए । उनको आइशियु कक्षमा उपचार भइरहेको थियो ।
उपचारकै क्रममा बुधबार दिउसो उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ । कोरोना महामारी फैलिएयता वडाध्यक्ष थारु पालिकामा कोरोना सचेतनाका लागि नगरमा खटिएका थिए ।
वडाध्यक्ष थारुको अन्तिम संस्कार उनकै गृह गाउँमा पारिवारिक संस्कार अनुसार गरिने बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारुले जानकारी दिए ।