काठमाडौं- काठमाडौं महानगरपालिकाले अधिकतम बिक्री मूल्यभन्दा बढी मूल्यमा पानी बेचेपछि एक खुद्रा व्यापरीलाई १० हजार रुपैयाँ कारबारी गरेको छ ।
बुधबार ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई २० रुपैयाँ अधिकतम बिक्री मूल्य रहेको पानी ४० रुपैयाँमा बिक्री गरेपपछि काठमाडौं प्लाजानजिकै रहेको पसलका सञ्चालक सुजन गोठलाई महानगरपालिकाले कारबाही गरेको हो ।
महानगरपालिकाका अनुसार पानीको बोतलमा उल्लेख भएको अधिकतम बिक्री मूल्यभन्दा बढी पैसा लिँदा १० हजार रुपैयाँ जरिवाना तिराएको हो ।