अर्घाखाँचीको शितगंगा नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारीसँग पालिकाखबर बुलेटिनको पालिका टकका लागि पालिकाको बजेट, विकास निर्माणमा भएका प्रगति, पालिकाले जनजीविकाका सवालमा चालेका कदमलगायतका विषयमा गरिएको कुराकानी :
नगरसभामार्फत बजेट त ल्याउनुभयो तर पालिकावासीले आफ्नो क्षेत्रको बजेटबारे कसरी थाहा पाउने ? जबकी अहिलेसम्म पालिकाको वेबसाइटमा अपलोडसमेत गर्नुभएको छैन ।
हामीले नगरसभा सम्पन्न गर्यौँ । नगरसभामार्फत बजेट विनियोजन गर्यौँ । पूर्वाधार विकास, समाजिक विकास, पर्यटनमा बजेट छुट्याएका छौँ । केही समयमा नै हामीले बजेट वेबसाइटमा राख्नेछौँ ।
बजेट हेर्न नपाएका जनतालाई बताइदिनुस कि यसपटक कस्तो बजेट आयो, केके छन् तपाईंहरुका प्राथमिकता ?
हाम्रो पालिका भौगोलिक रूपमा विकट छ । हामीले चार वटा बाटोलाई सबै वडामा पुर्याउने गरी योजना बनाए छौँ । हाम्रो धेरै बजेट बाटोमा विनियोजन भएका छौँ । शिक्षा क्षेत्रमा पनि बजेट विनियोजन भएको छ । शिक्षा क्षेत्रलाई अघि बढाउन, बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन हामीले बालविकास केन्द्रका कर्मचारीको दरबन्दी बढाएका छौँ । कतिपय विद्यालयमा शिक्षक छैनन् । ३० जना बालबालिकालाई एक शिक्षकले पढाइरहेका छन् । त्यसैले हामीले शिक्षक दरबन्दी बढाउन नगर शिक्षकको व्यवस्था गरेका छौँ ।
दुइवर्ष हुनलाग्यो कोरोनाले गाँजेको, कोरोनाकालमा जनताको स्वास्थ्य रक्षा गर्दै पूर्वाधार विकासका लागि कस्ता काम गर्नुभयो ?
गत वर्ष हामीले ६५ क्वारेन्टिन बनायौँ । अहिले हामीले होम आइसोलेसनमा संक्रमितलाई राख्ने, पीसीआर परीक्षणको मात्रा बढाएका छौा । संक्रमितको रेखदेख गर्ने, नगर स्वास्थ्य मार्फत उपचार गर्ने, त्यहाँ सम्भव नभए अस्पतालमा उपचारको व्यवस्था गरेका छौँ । हामीले खोप उपलब्ध गराउने व्यवस्था गरेका छौँ । कतिपय बजेट हामीले कोरोना रोकथाममा पनि छुट्याएका छौँ । तर, खोप नआउँदा समस्या भएको छ ।
अन्त्यमा कार्यकालको अन्तिम वर्षमा हुनुहुन्छ, चुनावी बाँचा कति पुरा भए, कति बाँकी छन् ?
चुनावी वाचामा हामीले भौगोलिक विकटताका कारण केही समस्या छ । तर, हामीले पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानीका योजना अघि बढाएका छौँ । तर, हामीलाई संघले र प्रदेशले ठगेको छ । चार वर्षमा हामीलाई विभेद भएको छ । हामीले योजना बनाउने क्रममा कृषि, पशुपालन क्षेत्रमा योजना अघि बढाएका छौँ । विभेद भएकालाई विभेद मुक्त समाज बनाउने योजना बनाएका छौँ ।
एकल पुरुषलाई भत्ता दिने व्यवस्था गरेका छौा । ३५ वर्षमाथिका अविवाहित महिलालाई हामीले भत्ता दिएका छौँ । कोभिड नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीको निःशुल्क जीवन बीमा गरेका छौँ । लिफ्ट खानेपानीको व्यवस्था गर्न ७५ प्रतिशत पालिकाले व्यहोर्ने नीति बनाएका छौँ । पर्यटन प्रवद्र्धनमा हामीले योजना बनाएर अघि बढेका छौँ । नगर गुरु योजना, सडक गुरु योजना हामीले अघि बढाएका छौँ ।