काठमाडौंको नागार्जुन नगरपालिकाका उपप्रमुख शुसीला अधिकारीसँग पालिकाको बजेट, बैकल्पिक शिक्षण पद्धतिमा पालिकाको लगानी, पूर्वाधार विकासलगायतका विषयमा गरिएको कुराकानी
एक अर्ब ८५ करोडको बजेट ल्याउनु भएको छ । यो बजेटको प्राथमिकता के के छन् बताइदिनुस् न ।
पहिलो प्राथमिकतामा शिक्षा, स्वास्थ्य छ । कार्यकालमा लिइएको योजना पूरा गर्ने गरी बजेट विनियोजन गरेका छौँ । त्यो पूरा गरेर छोड्छौँ ।
शहरी क्षेत्रमा हुनुहुन्छ , कृषिमा त कम नै लगानी छ । तर कौसी खेतीलाई प्रोत्साहन गर्ने नीति अनुसार यो सुविधा कतिले लिए ?
नगरपालिकाको आधि भाग शहरी र आधि भाग ग्रामीण क्षेत्र छ । यहाँ पुरै शहरी भेग छैन । त्यसकारणले सबै कुरामा आत्मनिर्भर बन्नुपर्छ भन्ने योजना लिएर हामीले शहरी भेगका युवाको चाहना अनुसार कौसी खेतीलाई प्राथमिकतामा राखेर अघि बढेका छौँ ।
कोरोनाका कारण बालबालिकाको पढाइ नराम्रोसँग प्रभावित भएको छ । पठनपाठन र नतिजा प्रकाशनका काम कसरी गरिरहनु भएको छ ?
आजसम्म हामीले भौतिक उपस्थितिमा पठनपाठन गर्ने अवस्था छैन । अनलाइन प्रविधिबाट पठनपाठन भइरहेको छ । निजी विद्यालयले त गरिरहेको थियो भने हामीले सरकारी विद्यालयलाई पनि त्यही मोडेलमा रुपान्तरण गर्यौँ । ८ कक्षाको परीक्षा सम्पन्न ग¥यौँ । राम्रो अंक ल्याउनेलाई हामीले प्रोत्साहन गर्ने काम गर्यौँ । विद्यालयलाई व्यवस्थित बनाउन पुस्तक वितरण समेत गर्यौँ ।
चारवर्षको अवधिमा पालिकाहरुले पूर्वाधारमा लगानी गरे, कृषिक्षेत्रको विकासमा पनि राम्रो काम भएको छ । तर स्वरोजगार बनाउने र उद्यमशीलता विकासमा भने खासै काम भएन । यो समस्या तपाईंहरुकहाँ पनि देखियो । तपाईहरु किन पछि पर्नुभयो ?
तपाईले भने जस्तै हामीले लगानी गरेका हौँ । तर, उपलब्धी कम भएपनि पछि भने परेका छैनौँ । यो चार वर्षमा हामीले धेरै तालिम सिकायौँ । कति रोजगार भए भन्ने भन्दा पनि केही प्रतिशत भने स्वरोजगार बनेका छन् । अहिले धेरै जनाले रोजगारी पाएका छन् । हामीले विभिन्न समयमा दिएको तालिमले नै धेरैले लघु उद्योग खोलेका छन् । हामीले प्रविधि हस्तान्तरण कार्यक्रम ल्याएर सहयोग ग¥यौँ । पशुपालकलाई कुखुरा, बाख्रा वितरण गर्यौँ । अरु धेरै सहयोग हामीले गरेका छौँ । हामीले बेकरीको तालिम लिएकालाई पनि केही दिनमा सामग्री हस्तान्तरण गर्दैछौँ ।
तपार्इंको कार्यकालको अन्तिम बजेट ल्याउनुएको छ । घोषणापत्रको प्रतिवद्धता मात्र पुरा भए कि जनताको समृद्धिको सपना पनि पूरा भयो ?
यो हाम्रो बाध्यता हो । घोषणापत्रमा समावेश भएका कुरा र जनताको इच्छालाई पूरा गर्नुपर्छ । हामीले त्यो पूरा हुने गरी काम गर्यौँ । पूर्वाधार, खानेपानी, शिक्षा स्वास्थ्य सबैले सम्बोधन गरिरहेका छन् । सय प्रतिशत नभएपनि हामीले बजेटले भ्याउनेसम्मका कुरा पूरा गरेका छौँ । विकास निर्माण भएको छ । खानेपानी, बाटोको सुविधा प्रदान गरेका छौँ ।