यसपटकको पालिका टकमा हामीले नुवाकोटको म्यागङ गाउँपालिकाकी उपाध्यक्ष शान्ति लामाससँग कोरोना संकट रोकथाममा पालिकाको पहल, महामारीले विकास निर्माणमा पारेको असर लगायतका विषयमा कुराकानी गरेका छौैं । पालिका खबर बुलेटिनको लागि करिस्मा कार्कीले लामाससँग गरेको कुराकानीको सम्पादित अंश
कोरोनासँग जुद्धन पालिकाले कस्ता प्रयास गरिरहेको छ ?
यो महामारीसँगै लक्षण मिलेका ५८ जनाको एन्टिजेन र पीसीआर गर्दा ३५ जनामा संक्रमण देखिएको छ मसहित । तीमध्ये ३ जना अस्पालमा र बाँकी होम आइसोलेसनमा छन् । होम आइसोलेसनमा रहेकालाई स्वास्थ्य परामर्श दिइरहेका छौँ । वडामा रहेका स्वास्थ्यकर्मीसँग पनि सम्पर्कमा छौँ । वडा नम्बर ३ मा देउराली स्वास्थय केन्द्रमा ८ शय्या अक्सिजनसहितको तयारी गरेका छौँ । तीन चिकिस्तक छन् । स्वास्थ्य मापदण्ड लागु गरेर तीन एम्बुलेन्स तयारी अवस्थामा राखेका छौँ ।
तपाईं आफै संक्रमित हुनुहुन्छ, कस्तो छ स्वास्थ्य अवस्था ?
म त बिरामी भएर भन्दा पनि राष्ट्रियसभाको उपनिर्वाचनमा परीक्षण गर्दा मलाई पोजेटिभ देखियो । तर, मलाई त्यस्तो असहज भएको छैन । यो रोग भन्दा पनि मानसिक रोग भए जस्तो लागेको छ ।
कोरोनासँग जुद्धन पालिकाले कस्ता प्रयास गरिरहेको छ ? तपाई आफै संक्रमित हुनुहुन्छ, कस्तो छ स्वास्थ्य अवस्था ?
योजना रोकिएको छैन । बाहिरबाट आउन दिएका छैनौँ । आवतजावतमा रोक लगाइएको छ ।
कोरोना रोकथाम र नियन्त्रणमा अन्य खर्च कटाएर आइसोलेसन बनाउने लगायतका काम भए होलान् । हालसम्म कति खर्च भयो ?
खर्च चाहिँ यकिन तथ्यांक भन्ने अवस्था छैन । स्वास्थ्य सामग्री देखि अरु कुरामा क्वारेन्टिन व्यवस्थापन र खानपानमा विशेष खर्च गरेका छौँ । यति नै रकम खर्च भयो भनेर भनेका छैनौँ ।
कोरोना महामारी अघि पनि विभिन्न योजना गाउँपालिकाले अघि सारेको थियो । योजनाका लागि बजेट पास गरेको थियो । अहिले महामारीका कारण ति योजनाको प्रगति के छ ?
बनाएका योजना, पूर्वाधार कार्यक्रममा असर गरेको छैन । ८५ प्रतिशत भन्दा माथि हाम्रो काम सकिएको छ ।
महामारीसँगै अन्य प्रशंगको पनि कुरा गरौँ । चार वर्ष भयो तपाईले स्थानीय सरकारको नेतृत्व गर्नुभएको, समीक्षा गर्दा कार्यकाल कस्तो भइरहेको जस्तो लाग्छ ?
राज्य पुर्नसंरचनापछि पहिलो निर्वाचित जनप्रतिनिधि हौँ, हामी । पहिलो कुरा त नीति, निर्माणले काम गर्न दिएन । कतिपय कुरा प्रदेश सरकारले तोके बमोजिम हुनेछ भनियो ।
हामीले केही कुरा बनेपनि कार्यानवयन गर्न कर्मचारी थिएनन् । बीचमा भूकम्पले पुर्याएको क्षति को भरपाई गर्न खर्च गर्यौँ । महामारीले गर्दा सोचे जति गर्न सकेका छैनौँ ।
तपाई आफै महिला जनप्रतिनिधि हुनुहुन्छ, महिला सशक्तिकरणका क्षेत्रमा के काम गर्नुभयो ?
अब निर्वाचित भएपछि जननिर्वाचित महिला प्रतिनिधिलाई प्रतिनिधित्व गराइयो । हामीलाई तोकेको क्षेत्राधिकारको कुरा, प्रशिक्षण गर्यौँ । विकास निर्माण, आय आर्जनका काममा सहभागी गराउने पहल गर्यौँ । कतिपय ठाउँमा सहभागी गराएर स्वास्थ्य, शिक्षा विकास निर्माणको काममा पहल गरेँ ।