सप्तरीकाे रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले गुणस्तरिय ढङ्गले सडक निर्माण गर्न निर्देशन दिएका छन् ।
उनले शुक्रबार रुपनि बजार देखि राजविराज सम्म नयाँ सडक र नालाको अवलोकन गर्दै सम्बन्धित पक्षलाई यस्तो निर्देशन दिएका हुन्।
उनले सडक निर्माणमा कहिँ कतै अपठ्यारो भए २४ औँ घण्टा गाउँपालिका सहयोग गर्न तत्पर रहेको समेत बताएका छन् ।