close

पुल नहुँदा खेतमा कुहिन्छन् तरकारी

पुल नहुँदा खेतमा कुहिन्छन् तरकारी

Trulli
ADVERTISEMENT

बर्दिया ।  गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जब्दिघाट पुल बाढीले बगाएपछि आवतजावतका लागि दुई पालिकाका स्थानीयवासीलाई सास्ती भएको छ ।

बाढीले क्षतिग्रस्त बनाएको पाँच वर्ष बित्दा पनि पुल पुनःनिर्माण नहुँदा वर्षौदेखि सास्ती बेहोर्दै आएको बारबर्दिया नगरपालिका– ११ का रामगोपाल थारुले बताए ।

पुल नभएकोले कृषकले उत्पादन गरेको सामग्रीले समेत बजार पाउन नसकेको उनीहरुले बताए । पुल नभएपछि उत्पादन गरेको सामग्री सोही क्षेत्रमा थुपारेर कुहाएर राख्न बाध्य भएको उनीहरुले बताए ।  काँक्रो, फर्सी, बन्दा, काउली लगायतको तरकारी टिपेर खेतमै थुपार्नु परेको बारबर्दिया–४ का किसान फक्लबहादुर सत्गौलाले बताए ।

रु १६ करोड ६८ लाख चार हजारमा बनेको पुल विसं २०७४ साउनको अन्तिम साता बबई नदीमा आएको बाढीले क्षतिग्रस्त जब्दिघाट पुल हस्तान्तरण नहुँदै भासिएको थियो । पछिल्लो समय उक्त पुल निर्माण गर्ने कम्पनीसँग क्षतिपूर्ति असूल गरी जब्दिघाटमा नयाँ पुल निर्माण गर्न मङ्सिरभित्रै बोलपत्र खोलिने बर्दिया क्षेत्र नं १ का नवनिर्वाचित सांसद सञ्जयकुमार गौतमले बताए।