close

सरावल गाउँपालिकामा अस्पताल र प्रशासनिक भवन बन्ने

सरावल गाउँपालिकामा अस्पताल र प्रशासनिक भवन बन्ने

Trulli
ADVERTISEMENT

काठमाडौं । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले गाउँपालिकामा १५ शै्ययाको अस्पताल बनाउने कार्यलाई अघि  बढाएको बताएका छन् । 
अध्यक्ष सुखाडी प्रसाद चौधरीले पालिका खबरसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् । 

तर, १५ शै्ययाको अस्पताल बनाउने प्रक्रिया भने अघिल्लो सरकारले अघि बढाएको थियो । यद्यपि काम निर्माण कार्य भने अघि बढ्न सकेको थिएन ।  
दोस्रो कार्यकालका लागि कार्यकारी भूमिकामा अध्यक्ष चौधरी आएपछि जग्गा  छनोट भएको छ । 

साथै, प्रशासनिक भवन निर्माणका लागि पनि जग्गा प्राप्त भई यसै वर्ष भवन बनाउने प्रक्रियामा अघि बढाइएको छ । 

‘ यो एक सय दिनको अवधिमा १५ शै्ययाको भवन निर्माण गर्ने प्रक्रिया अघि बढेको छ । त्यसैगरी, प्रशासनिक भवन निर्माणका लागि जग्गा छनोट भएको छ । वडा नं ७ मा बर्थिङ सेन्टर सञ्चालनमा ल्याएका छौँ । वडा नं ६ मा पनि  बर्थिङ सेन्टर सञ्चालन गर्न संघबाट बजेट ल्याएका छौँ ।’