close

द्वार सफा गरेपछि घट्यो उपत्यकामा पानी

द्वार सफा गरेपछि घट्यो उपत्यकामा पानी

Trulli
ADVERTISEMENT

काठमाडौं । शुक्रबार दिउँसो परेको झरीका कारण काठमाडौं उपत्यका जलाम्य हुँदा सवारीसाधन आवतजावतमा समस्या भयो ।  जसका कारण उपत्यकाका मुख्य-मुख्य स्थानमा मानिस तथा ट्राफिक प्रहरी घुँडा घुँडासम्म बुडेका दृश्य यत्रतत्र देखिए ।

जुन  हरेक वर्ष दोहोरिन घटना हुन् ।

ठूलो झरी/पानी पर्ने बित्तकै बाटोमा आउने बाढीका कारण कहिले गाडी, कहिले बच्चा बगाउने, कहिले बाढी घरमा पस्नेजस्ता समस्या सामान्य रूपमा घट्दै आएका छन् । 

यस्तै, आज माइतीघर मण्डला आसपासको सडकमा पानीको निकास फोहोरले टालिएपछि पानी जमेको थियो ।  

काठमाडौं महानगरपालिकाको टोली र ट्राफिक प्रहरीले पानी जाने निकास सफा गरेपछि मात्र यातायात सहज भएको छ ।