काठमाडौं । काठमाडौं महानगरपालिकाको टोली बैंक अफ काठमाण्डूको भवन अवलोकनका लागि पुगेको छ ।
बुधबार महानगरका प्रहरी प्रमुख राजु पाण्डेको नेतृत्वमा नक्साल नारायणचौरस्थित सो बैंकको कार्यालय पुगेको हो ।
भवनका केही संरचना नक्साविपरीत रहेको भन्ने सूचनापछि अनुगमनका लागि पुगेको महानगरले नक्सा भिडाएर थप कदम चाल्ने प्रतिक्रया दिएको छ ।