close

बाढीले पुल बगाएपछि नगरपालिकाले राख्यो ह्युम पाइप

विद्यार्थीलाई सहज

बाढीले पुल बगाएपछि नगरपालिकाले राख्यो ह्युम पाइप

विद्यार्थीलाई सहज

Trulli
ADVERTISEMENT

गोरखा । गोरखाको पालुङटार नगरपालिका-९ स्थित धर्मोदय मावि र मदनेडाँडा माविका विद्यार्थीलाई विद्यालय आउ-जाउ गर्न सहज भएको छ ।

बाढीले पुल बगाएपछि खोलाबाट आउजाउ गर्नुपर्ने बाध्यता थियो । खारखोलामा ह्युम पाइप राखेर अस्थायी रुपमा आउजाउ गर्ने बाटो निर्माण गरेपछि भेलमा हेलिएर स्कूल जानुपर्ने बाध्यता हटेको पालुङटार नगरपालिकाका मेयर बिवस चिन्तनले बताए ।

विद्यार्थीलाई समस्या भएपछि नगरपालिकाले तत्काल २५ एमएमको पाँचवटा ह्युम पाइप राखेर आउ-जाउ गर्ने बाटो बनाएको उनले बताए ।

यस्तै मदनेडाँडा मावि जाने विद्यार्थीको सहजताका लागि पनि कल्भर्ट बनाइएको छ । यसअघि बाढीले कटान गरेको ठाउँ पुरेर चुक्ती खोलालाई पुरानै बाटोमा फर्काइएको र कल्भर्ट प्रयोगमा आएको उनले बताए ।

अहिले बनाइएको बाटोले स्थानीयलाई आउ-जाउ गर्न सहज भएको छ ।

‘अहिले यो अस्थायी समाधान हो’, मेयर चिन्तनले भने, ‘विद्यार्थीलाई सहज हुने गरी संघीय सरकारको सहयोगमा यहाँ छिट्टै पक्की पुल बन्नेछ ।’

पुल बनाउन धेरै लगानी लाग्ने भएकाले संघीय सरकारबाट योजना माग गरिएको उनले बताए ।