काठमाडौं । हुम्लाको ताँजाकोट गाउँपालिकामा बिजुली बत्ती बलेको छ ।
बेलायती सेनाको सहयोगार्थ सञ्चालित कादुरी एग्रिकल्चरल एसाेसिएसन ब्रिटिस गोर्खाजको आठ करोड ८४ लाख सहयोग र स्थानीयको २ करोडबराबरको श्रमदानमा ११२ किलो वाट क्षमताको प्रोजेक्ट सम्पन्न भएको वडा नम्बर-५ का अध्यक्ष मंगल नेपालीले जानकारी दिए ।
कर्पुखोला लघु जलविद्युत् आ योजना निर्माण कार्य सम्पन्न भई दुई सय ५६ दिनमै बत्ती बलेपछि ताँजाकोट गाउँपालिकाका नाै सय घरधुरी लाभान्वित भएको नेपालीले बताए ।
ताँजाकोट गाउँपालिकाको वडा नम्बर १ र वडा नम्बर ३ को मासपुर गाउँबाहेक सबै गाउँमा झिलिमिली बत्ती बलेको अध्यक्ष नेपालीको भनाइ छ ।