close

फक्ताङ्लुङलाई चीनले दिएको स्काभेटरमा भन्सार छुट

फक्ताङ्लुङलाई चीनले दिएको स्काभेटरमा भन्सार छुट

Trulli
ADVERTISEMENT

काठमाडौं । चीनले अनुदानमा उपलब्ध गराएको स्काभेटर ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका पुगेको छ । 

सीमा जोडिएको स्थानीय तहको विकास निर्माणका लागि चीनद्वारा अनुदानमा उपलब्ध गराइएको सो स्काभेटर गाउँपालिका आइपुगेको फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूले जानकारी दिए । 

उनका अनुसार वडा नम्बर ७ ओलाचुङगोलामा रहेको टिप्ताला नाका बन्द रहेकाले सिन्धुपाल्चोकको तातोपानी नाकादेखि ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा एक सातामा र फुङ्लिङदेखि दुई दिनमा फक्ताङ्लुङ गाउँपालिका क्षेत्रमा स्काभेटर पुर्‍याइएको हो । 

स्काभेटर ल्याउन नेपाल सरकारले भन्सार शुल्कबापत लाग्ने २५ लाख छुट दिएर सहयाेग गरेकाे उनले बताए । 

स्काभेटर गाउँपालिका पुगेसँगै गाउँपालिकाभित्रका सडक मर्मत गर्न थालिएको छ ।