काठमाडौं । हिमाली जिल्ला मनाङको एक मात्र सडक अवरुद्ध भएको छ ।
बाढीपहिराेले लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ रामबजारस्थित घोप्टेभीर र मनाङको कोतोमा क्षति हुँदा बेसीँशहर–चामे सडक अवरुद्ध भएको हो ।
उपाध्यक्ष जुनामाया थापाले बर्खा लागेसँगै सडक अवरुद्ध हुने क्रम बढ्ने जानकारी दिइन् ।हरेक वर्ष बेँसीसहर जाने बाटो अवरुद्ध हुने गरेकाे बताउँदै उनले खरखरेपहिरो गइरहनाले सडकको अवस्था नाजुक भएकाे उपाध्यक्ष थापाले बताइन् ।
उनका अनुसार मस्र्याङ्दीको राम बजार, घोप्टेभिर र कोतोमा पहिराेले सडक बगाएपछि आज बिहानैदेखि सडक अवरुद्ध भएको छ ।