close

पुरानै डिजाइनमा बन्दै लुम्बिनी प्रदेशसभा भवन

पुरानै डिजाइनमा बन्दै लुम्बिनी प्रदेशसभा भवन

Trulli
ADVERTISEMENT

दाङ–लुम्बिनी प्रदेशसभा भवन पुरानै डिजाइनमा निर्माण गरिने भएको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणले पुरानो डिजाइन परिवर्तन गर्न अर्थ मन्त्रालयसँग थप ३ करोड रुपैयाँ बजेट मागेको थियो । तर, मन्त्रालयले स्वीकृति नदिएपछि पुरानै डिजाइनमा निर्माण गर्न लागिएको हो ।

 

अर्थले बजेट नदिएपछि दाङ देउखुरीमा जारी भवन निर्माणको काम एक महिनायता रोकिएको थियो । प्रदेश सरकारले पुरानै डिजाइनमा बनाउन निर्देशन दिएपछि भवन निर्माणको काम गत बिहीबारदेखि पुनः सुरु भएको छ ।


प्रदेशसभा भवनमा सभाहलसँगै भीआईपी कक्ष, मर्यादा पालकका कोठा गरी १४ वटा कोठा रहनेछन् । कुल ५ करोड २१ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको प्रदेशसभा भवनको काम महिना दिनभित्र सक्ने योजना प्राधिकरणको छ ।