close

खेलकुदमन्त्री गहतराजले गरे निर्माणाधीन गौतमबुद्ध रंगशाला अनुगमन

खेलकुदमन्त्री गहतराजले गरे निर्माणाधीन गौतमबुद्ध रंगशाला अनुगमन

Trulli
ADVERTISEMENT

काठमाडौं–युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले भरतपुरस्थित निर्माणाधीन अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्थलगत अनुगमन गरेका छन् । मन्त्री गहतराज नेतृत्वमा मन्त्रालयका सचिव दामोदर रेग्मीसहित बिहीबार चितवन पुगेको मन्त्रालयको टिमले रंगशालाको स्थलगत निरीक्षण गरेको हो । 


निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको सम्बन्धमा भरतपुर महानगरद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी हुन चितवन पुगेका मन्त्री गहतराजले रंगशालाको निरीक्षण तथा अवलोकन गरे । रंगशाला निरीक्षणपछिक मन्त्री गहतराजले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरेरै छाड्ने प्रतिबद्धता जनाए ।

 

रंगशालालाई गौरवको आयोजनामा समेटी यही आर्थिक वर्षबाट काम सुरु हुने गरी तयारी थाल्न मन्त्रीले मन्त्रालयका कर्मचारीलाई निर्देशन दिए । नेपालकै गौरवको आयोजनाका उक्त परियोजना अलपत्र हुने अवस्था सिर्जना हुनु दुखद भएको उल्लेख गर्दै मन्त्री गहतराजले भरतपुर महानगर, प्रदेश र केन्द्र सरकारको सहकार्यमै रंगशाला निर्माण सम्पन्न गरिने बताए ।


उनले लगानीको स्रोत पहिचान गरेर रंगशाला निर्माणका बाँकी काम पूरा गर्ने प्रतिबद्धता जनाए । रंगशाला निर्माणका क्रममा अहिलेसम्म भएको सम्पूर्ण खर्च विवरण यथाशीघ्र सार्वजनिक गर्न मन्त्री गहतराजले धुर्मुस–सुन्तली फाउन्डेसनलाई आग्रह गरे । 


रंगशाला निर्माणको जिम्मा लिएको धुर्मुस–सुन्तली फाउन्डेशनले परियोजनाबाट हात झिकेपछि उक्त परियोजना निर्माणको जिम्मा भरतपुर महानगरले लिएको छ । अन्तरक्रिया कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहाल, धुर्मुुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेललगायतको सहभागिता थियो ।