close

रघुगङ्गाले बनायो कार्यालय भवन 

रघुगङ्गाले बनायो कार्यालय भवन 

Trulli
ADVERTISEMENT

म्याग्दी–म्याग्दीको रघुगङ्गा गाउँपालिका कार्यालयको भवन निर्माण सम्मपन्न गरेको छ  । गाउँपालिकाले मौवाफाँटमा भवन निर्माण गरी सेवा प्रवाह गर्न थालेको छ । चौध कोठाको दुईतले भवनबाट सेवा प्रभाव गर्न सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए । रु एक करोड ६८ लाखको लागतमा भवन निर्माण गरिएको हो ।

 

भवन निर्माण गर्न गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत रु २६ लाख ५७ हजार विनियोजन गरेको थियो । ‘बाँकी बजेट गाउँपालिकाले नै व्यवस्थापन गरेको हो’, उनले भने ।   

 

हाल माथिल्लो तलामा २०० जना अटाउने सभाहल निर्माण भइरहेको छ । भवन र सभाहल ठेक्कामार्फत रु ७६ लाख तथा उपभोक्ता समितिमार्फत रु ५३ लाखमा निर्माण अघि बढेको थियो ।

 

त्यसअघि गाउँपालिकालले सेवा प्रवाहका लागि ६ घर भाडामा लिएर मासिक रु ८५ हजार भाडा तिर्दै आएको थियो । अब मासिक रु ५० हजार घरभाडा बराबरको रकम जोगिने गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए ।