close

लुम्बिनी प्रदेशको स्थायी राजधानी निर्माण गर्न सरकारले उपलब्ध गरायो १ अर्ब

लुम्बिनी प्रदेशको स्थायी राजधानी निर्माण गर्न सरकारले उपलब्ध गरायो १ अर्ब

Trulli
ADVERTISEMENT

काठमाडौं– लुम्बिनी प्रदेशको स्थायी राजधानी निर्माणका लागि संघीय सरकारले १ अर्ब रुपैयाँ बजेट उपलब्ध गराएको छ । दाङ देउखुरीमा स्थायी राजधानीका लागि आवश्यक पर्ने संरचना बनाउन संघीय सरकारले बजेट उपलब्ध गराएको हो ।

 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संघीय सरकारबाट १ अर्ब रुपैयाँ प्राप्त भएको जानकारी दिए । राजधानी निर्माणका लागि प्रदेशको बजेट मात्र अपुग भएकाले संघीय सरकारसँग छलफल गरी बजेट उपलब्ध गराउन सफल भएको मुख्यमन्त्री केसीले बताए । 

 

मुख्यमन्त्री केसीले जग्गा प्राप्ति र बजेटको विषयले पूर्णता पाउन थालेपछि अब राजधानी निर्माणले गति लिने दाबी गरे । यो रकमबाट गुरुयोजना, भौतिक संरचना निर्माण र जग्गा अधिग्रहणलगायत काम अगाडि बढाइने केसीले बताए ।