close

जनकपुर उपमहानगरका सडक धमाधम कालोपत्रे

जनकपुर उपमहानगरका सडक धमाधम कालोपत्रे

Trulli
ADVERTISEMENT

जनकपुरधाम–केही वर्षअघिसम्म अतिक्रमित र जीर्ण रहेका जनकपुरधाम उपमहानगर क्षेत्रका अधिकांश सडक धमाधम कालोपत्रे भइरहेका छन् । सोही कारण पछिल्लो समय जनकपुरधामको बजार क्षेत्रको स्वरुप फेरिएको छ ।  

 

नगर क्षेत्रका अधिकांश मुख्य तथा सहायक सडक यतिबेला स्तरोन्नतिसँगै कालोपत्रे भएपछि स्वरुप फेरिएको हो । ‘दुई÷तीन वर्ष अघिसम्म एकातिर नगर क्षेत्रका अधिकांश सडक अतिक्रमण परेका थिए भने अर्कातिर सडकमा ग्राभेल र खाल्डाखुल्डी भएर जीर्ण बनेका थिए’, जनकपुरधाम उपमहानगर वडा नम्बर ४ का श्यामकुमार साहले भने, ‘तर अस्थायी राजधानी बनेसँगै अहिले सडक फराकिलो र कालोपत्रे भएका छन्, यसकारण बल्ल प्रदेशको राजधानीबासी भएको आभास भइरहेको छ ।’

 

सडक स्तरोन्नतिसँगै कालोपत्रे भएकाले आउजाउ सहज मात्र होइन, नगर क्षेत्रको सौन्दर्यसमेत बढेको उनको भनाइ छ । सडक हिलाम्मे र धुलाम्य भएका कारण ठूलो सास्ती भोगेको सुनाउँदै जनकपुरधाम उपमहानगर वडा नम्बर ४ का विजय यादवले भने, ‘एक पटक करिब ३ वर्षअघि वर्षायामका बेला बाटोमा हिलो जमेको थियो । त्यसमा लडेर घाइतेसमेत भएको थिएँ ।’ 

 

वर्षा लागेपछि नगर क्षेत्रका बाटोमा हिँड्न पनि समस्या हुन्थ्यो तर अहिले सडक चिल्ला भएकाले कुनै बेला पनि सहजै हिँड्नसक्ने अवस्था भइसकेको छ । 

‘सडक साँघुरो र जीर्ण हुँदा कदम चोकबाट रमानन्द चोकसम्म एक घन्टासम्म लाग्थ्यो तर अहिले मुस्किलले १० मिनेट पनि लाग्दैन’, यादवले भने, ‘पहिला सडकको दुरवस्थाका कारण बाहिरी जिल्लाबाट आउने मानिस पुनः जनकपुर आउन चाहँदैनथे तर अहिले सडक सफा र बजार फराकिलो भएपछि बाहिर जिल्लाबाट मानिस आउने क्रम ह्वात्तै बढेको छ ।’


यसबाट जनकपुरधामको सौन्दर्य बढ्नुका साथै पर्यटन प्रवद्र्धनमा फाइदा पुगेको उनको अनुभव छ । केही वर्षअघिसम्म अतिक्रमणको चपेटामा पर्दै गएको जानकी चोक, राम चोक, पेठिया बजार, कदम चौक, मुरली चौक, तिरहुतिया गाछी, निधि मार्गलगायतका स्थानमा सडक फराकिलोसँगै कालोपत्रे भएका छन् । 

 

दुई वर्षको अवधिमा संघीय आयोजना कार्यान्वयन इकाइ धनुषाले जनकपुरधाम उपमहानगरका विभिन्न वडाका मुख्य र सहायक गरी १६ किलोमिटर सडक कालोपत्रे गरेको जनाएको छ ।  

 

सघन सहरी कार्यक्रमअन्तर्गत आर्थिक वर्ष ०७६÷७७ देखि हालसम्म जनकपुरधाम नगर क्षेत्रका विभिन्न वडाका १६ किलोमिटर सडक कालोपत्रे गरिसकेको संघीय आयोजना कार्यान्वयन इकाइ धनुषाका सूचना अधिकारी लक्ष्मण यादवले जानकारी दिए ।  

 

‘अस्थायी राजधानी भइसकेपछि एडिबी र हामीले जनकपुरधाम नगरपालिका क्षेत्रमा नाला निर्माण र सडक स्तरोन्नतिको काम थालेका हौँ’, सूचना अधिकारी यादवले भने, ‘एडिबीले मुख्य सडकमा नाला निर्माण र सडकको काम ग¥यो । हामीले राम चोकदेखि कदम चोक, निधि मार्गलगायतका मुख्य तथा सहायक मार्गमा कालोपत्रेको काम गरेका छौँ ।’ 


 
जनकपुरधाम उपमहानगर, क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरलगायतका स्थानमा सडक स्तरोन्नतिको काम भइरहेको छ । जनकपुरधामस्थित बागवानीभन्दा पूर्वतर्फको बाटो, पर्शुराम तलाउ क्षेत्र, लक्ष्मीनिया गाउँपालिकाको सिनरजोडातर्फको बाटो तथा हंशपुरमा बाटो निर्माण भइरहेको उनले जानकारी दिए ।