close

विकास आयोजना अलपत्र नपार्न मन्त्री झाँक्रीको आग्रह 

विकास आयोजना अलपत्र नपार्न मन्त्री झाँक्रीको आग्रह 

Trulli
ADVERTISEMENT

रूपन्देही–सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सम्झौताअनुसार काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न निर्देशन दिएकी छन् ।
गृहजिल्लाका विभिन्न कार्यक्रममा सरिक हुन गुल्मी आएकी मन्त्री झाँक्रीले शुक्रबार जिल्लास्थित कार्यालय प्रमुखसँगको छलफलमा केही निर्माण व्यवसायीका कारणले धेरै विकास योजना अलपत्र परेकाले सम्झौताअनुसार काम गर्नुपर्ने र त्यसो नभए कारबाही हुने बताइन् ।
निर्माण व्यवसायीले सम्झौताअनुसार समयमै काम नगर्दा विकास निर्माण पछि धकेलिने समस्या छ’, मन्त्री झाँक्रीले भनिन्, ‘सम्झौता गरेर काम नगर्ने र अलपत्र पारेर भाग्नेलाई समातेर कारबाही गर्नुस् ।’  गुल्मीमा थुप्रै विकासका योजना लामो समयदेखि अलपत्र परिरहेको उनको भनाइ छ ।


कार्यालय प्रमुखसँगको छलफलमा मन्त्री झाँक्रीले सबै सरकारी कार्यालयबाट हुने काम असार केन्द्रित नभएर पहिल्यै टुंग्याउनुपर्नेमा जोड दिइन् । उनले जिल्ला कारागार भवन निर्माण प्रक्रिया अगाडि बढाउन पहल गर्ने प्रतिबद्धता जनाइन् ।


गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले मनसुनजन्य विपद्को विषय जेठ र असारमा सम्झने अवस्था रहेकाले त्यसलाई अन्त्य गरी पहिल्यै तयारी गर्नुपर्ने बताए । 

 

मन्त्री झाँक्रीले डोजर प्रयोगले घरघरमा बाटो पु¥याउँदा विपद् निम्तिएका कारण यसलाई अन्त्य गर्न जरुरी रहेको धारणा व्यक्त गरिन् । जथाभावी सवारीसाधन सञ्चालनमा कडाइ, सिट क्षमता, यात्रु बिमाको व्यवस्था गरिए यातायात क्षेत्रलाई सुधार्न सकिने उनको भनाइ छ ।मन्त्री झाँक्रीले भनिन्, ‘उपभोक्ताबाट हुने योजना नियमन आवश्यक छ । तल्लो तहबाट हुने भ्रष्टाचार रोक्न पनि उपभोक्ताबाट हुने योजना अनुगमन र नियमन आवश्यक देखियो ।’