close

मेलम्चीको पानी काठमाडौं आउनै लाग्यो : मन्त्री चौधरी

मेलम्चीको पानी काठमाडौं आउनै लाग्यो : मन्त्री चौधरी

Trulli
ADVERTISEMENT

काठमाडौं–खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउन काम अन्तिम चरणमा पुगेको बताएका छन् । मन्त्रालयअन्तर्गत नेपाल निजामती कर्मचारी युनियनको आठौँ अधिवेशन उद्घाटन अवसरमा उनले काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउन सक्दो चाँडो काम भइरहेको बताए ।


‘पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सपना पूरा गर्न पनि मेरै कार्यकालमा राजधानीबासीलाई मेलम्चीको पानी खुवाउँछु’, उनले भने । मन्त्री चौधरीले काठमाडौंबासीलाई चाँडोभन्दा चाँडो मेलम्चीको पानी खुवाउने योजना रहेकाले त्यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी कर्मचारीको भएको बताए ।


सरकारले मेलम्चीको पानी एक पटक काठमाडौंमा ल्याइसकेको थियो । तर, गत बर्खामा आएको बाढीपछि मेलम्चीको पानी ल्याउन सकिएको छैन । उनले मन्त्रालय मातहतका करार, अस्थायी र ज्यालादारी कर्मचारीलाई राज्यले सम्मान गर्ने भन्दै प्रस्तावित निजामती ऐनमा रहेको कर्मचारीको पेसागत हित विपरीतका प्रावधान संशोधन गर्न आफूले पहल गर्ने आश्वासन दिए ।


मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य वज्राचार्यले कर्मचारी युनियनले कर्मचारीको हकहित, सुविधा र वृत्ति विकासका लागि उठाएका माग पूरा गराउन मन्त्रालय तयार रहेको जानकारी दिइन् । कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले अस्थायी, करार र ज्यालादारीमा काम गर्ने कर्मचारीलाई विधि, प्रक्रिया र मापदण्ड पु¥याएर स्थायी गर्न माग गरे ।