काठमाडौं– नगर विकास कोषले मोरङको पथरी शनिश्चरे नगरपालिकासँग पथरी सपिङ कम्प्लेक्स निर्माणका लागि ऋण सम्झौता गरेको छ । सम्झौताअनुसार कोषले नगरपालिकालाई २० करोड १५ लाख रुपैयाँ ऋण उपलब्घ गराउने सहमति भएको छ ।
कोषले वार्षिक ८ प्रतिशत ब्याजदरमा नगरपालिकालाई ऋण उपलब्ध गराउनेछ । जसको कुल लागत २८ करोड ७८ लाख ६१ करोड लाख रुपैयाँ रहेको छ । यस्तै, रौतहटको गुजरा नगरपालिकासँग पनि गुजरा बहुदेश्यीय भवन निर्माणका लागि कोषले सम्झौता गरेको छ ।
कुल लागत ८ करोड ८३ लाख ३२ हजार निर्माण गरिने सम्झौता भएको छ । कुल लागतमध्ये कोषले ५ करोड २९ लाख ९९ हजार पालिकालाई ऋण सहायता उपलब्ध गराउने छ । ऋणसम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र पालिकाका जनप्रतिनिधिले हस्ताक्षर गरे ।