काठमाडौं– नगर विकास कोषले झापाको मेचीनगर नगरपालिकासँग मेचीनगर कृषि मन्डी निर्माणका लागि ऋण सम्झौता गरेको छ । सम्झौताअनुसार कोषले नगरपालिकालाई ९ करोड ६५ लाख २३ हजार रुपैयाँ ऋण उपलब्घ गराउने सहमति भएको छ ।
कोषले वार्षिक ८ प्रतिशत ब्याजदरमा नगरपालिकालाई ऋण उपलब्ध गराउनेछ । ऋणसम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र मेचीनगर नगरप्रमुख विमल आचार्यले हस्ताक्षर गरे ।