कञ्चनपुर- कोरोना भाइरसको संक्रमणले मुलुक गाँजिरहेको छ । महामारीकै समयमा पनि कतै निर्माणको काम धमाधम भइरहेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिकामा निर्माण व्यवसायीको लापरवाहीका कारण दुई महिना अघि गरिएको कालोपत्रे उप्किएको छ ।
चिल्लो सडकमा गाडी हुँइक्याउने सोच बनाएका स्थानीय सडकको कालोपत्रे उप्किएपछि आक्रोशित भएका छन् । सडकको नाली इस्टिमेट अनुसार नबनाएको भन्दै स्थानीयले बिरोध गर्दै पुरै बाटो र सडकको नाली पुर्न माग गरेका छन् ।
भीमदत्त नगरपालिका वडा नम्बर २ र १९ जोड्ने ब्लेक टप एण्ड डेन वर्कको सडक निर्माण व्यवसायीले लपरवाही गरी बनाएको स्थानीयले आरोप लागाएका छन् ।
२ महिनामै कालोपत्रे उप्कन र सडकको नाली इस्टिमेट अनुसार नबनाएको भन्दै स्थानीयले बिरोध गर्दै पुरै बाटो र सडकको नाली पुर्न माग गरेका छन् ।
सडक डिभिजन कार्यालय कञ्चनपुरको तराई मधेश पूर्वाधार विकास कार्यक्रमको १ करोडको बजेटमा एम. एस कन्सट्रक्सनले ४९ लाख ९४ हजार ५ सय ११ मा कालोपत्रे र सडक नाली निर्माण गर्ने ठेक्का पाएको थियो ।
इस्टेमेटमा ४ सय ७ मिटर लामो बाटो कालोपत्रे निर्माण गर्नु पर्ने र ४५ सेन्टिमिटर गहिराइको सडक नाली निर्माण गर्नु पर्ने भएपनि सडकको नाली कतै ३६ सेन्टिमिटर छ भने कतै ४० सेन्टिमिटर मात्रै छ ।
उप्कन थालेको कालोपत्रे सडकलाइ पुनःनिर्माण गरी दिनु पर्ने र सडकको नालीको ४० सेन्टिमिटर गहिराई मात्रै भएकाले सडक नालीलाई इस्टेमेट अनुसार ४५ सेन्टिमिटरको नै बनाइ दिनु पर्ने स्थानीयको माग छ ।
केहि महिना अघि मात्रै निर्माण भएको सडक र नाली बारे स्थानीयबाट गुनासो आएपछि सडक डिभिजन कार्यालयबाट निर्माण स्थलमा नै आएर सडकको अनुगमन गरेकाे छ ।
अवस्था हेर्दा सबै ठाउँमा रोलर राम्रो सँग नलागेकोले उप्किन थालेकाे हुन सक्ने र यसलाइ पुनःनिर्माण गर्न निर्माण व्यवसायी तयार भएको सडक डिभिजन कार्यालय कञ्चनपुरले जनाएको छ ।