नवलपरासी- मंगलबार पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१६ स्थित स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन भएको छ ।
नवनिर्मित भवनको नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले उद्घाटन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गुप्ताले स्वास्थ्य चौकीबाट यहाँका स्थानियले छिटो, छरितो तथा प्रभावकारी उपचार सेवा पाउने विश्वास व्यक्त गरे ।
त्यस्तै चाँडै नगरपालिका भित्रका गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने पनि जानकारी दिए ।
१ करोड ५४ लाख ६५ हजार लागतमा निर्मित भवन दुई तलाको रहेको छ ।