चितवन(माडी)- चितवनको माडीस्थित हुलाकी मार्गका करिब १ दर्जन पुल निर्माणमा भइरहेको अवरोध हटाउन माडी नगरपालिकाले पहल सुरु गरेको छ ।
माडी नगरप्रमुख ठाकुरप्रसाद ढकालले विज्ञप्ति निकालेर यस विषयलाई अतिरञ्जित नगर्न तथा छलफललाई प्रभाव पार्ने गरी सार्वजनिक धारणा नराखिदिन सबैमा अनुरोध गरेका हुन् ।
यसअघि निकुञ्ज प्रशासनले माडीमा निर्माणाधीन करिब एक दर्जन खोलाको प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) बाँकी रहेको भन्दै निर्माणमा रोक लगाएको थियो ।
पुल निर्माण रोकिएसँगै मजदुर र प्राविधिक कार्यस्थलबाट फर्किइसकेका छन् ।