जुम्ला - सिंजा गाउँपालिकाले त्रिपक्षीय समन्वयमा थार्पीवाडास्थित हिमा नदीमाथि ३२ मिटर लामो स्टिलको ट्रस पुल निर्माण गरेको छ ।
पूर्वाधार विकास कार्यालय जुम्ला, गाउँपालिका, सूर्य सामाजिक सेवा संघ जुम्ला र समुदायको समन्वयमा पुल निर्माण गरिएको हो ।
पूर्वाधार विकास कार्यालय जुम्लाको ४१ लाख ८३ हजार ८९२ रुपैयाँ, सिंजा गाउँपालिकाको एक लाख ३२ हजार र समुदायको स्थानीय निर्माण सामग्री बराबर ८८ हजार ८१ रुपैयाँको लागतमा पुल निर्माण भएको गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताए ।
उनले भने, ‘पहिले काठको निकै जीर्ण पुल थियो । स्थानीयलाई वारपार गर्नका लागि जोखिम भएपछि ट्रस पुल निर्माण गरिएको हो ।’ यसबाट सिंजा गाउँपालिका- १ का १३५ घरधुरी लाभान्वित भएका छन् ।