दोलखा– दोलखाका मुख्य सडकको दुर्दशा भोगेका सर्वसाधारणले ग्रामिण भेगमा सुविधा युक्त कालोपत्रे सडक उपयोग गरुन भन्ने उद्देश्यले गाउँपालिकाले आफनै लगानीमा सडक पिच गर्न थालेको छ ।
दोलखाको बैत्यश्वर गाउँपालिकाले पुरैपालिका समेटिने गरी तीन स्थानबाट सडक कालोपत्रे गरेको हो । ग्रामिण भेगका नागरिकहरु सास्त खेपेर हिड्नपर्ने अवस्था अन्त्य गर्न सडक कालोपत्रे गरेको बैत्यश्वर गाउँपालिका अध्यक्ष छवि लामा बताउँछन् ।
बैत्यश्वर गाउँपालिकाले गोपी खोलाजोरमाने सडक १३ सय मिटर, मिर्गे १२ सय मिटर कालोपत्रे गरेको छ । यस वर्ष दुबै सडक पिच गर्न २÷२ करोड बजेट विनियोजन गरेको छ । बैत्यश्वर गाउँपालिकाको उच्च भुभागमा पर्ने मैनापोखरीक्षेत्रपा सडक कालोपत्रे गर्न नमिल्ने कारण ७ सय मिटर ढलान समेत गरेको छ ।
यो सडक खण्डका लागी २ करोड रुपैयाँ विनियोजन गरेको बैत्यश्वर गाउँपालिकाका प्रवक्ता शम्सेर घिसिङले जानकारी दिए । दोलखाको अन्न र तरकारीको भण्डारको रुपमा परिचित बैत्यश्वर गाउँपालिकाका कृषकहरुले सडक पीच भएसँगै चामल, गहुँ, मकै, आलु ,प्याज, लसुन फर्सीजस्ता तरकारी सजिलै सदरमुकाम चरिकोटमा ल्याएर बिक्री गर्न थालेका छन ।
दोलखका नौ पालिकामा पहिलो पटक आप्mनै लागानी सबै वडा समेटिने गरी कालोपत्रे सडक बैत्यश्वर गाउँपालिकाले बनाउन थालेको हो ।