काठमाडौं । नेपाल उपभोक्ता संरक्षण महासंघअन्तर्गत बागमती प्रदेश समिति गठन भएको छ ।
शनिबार नयाँबानेश्वरस्थित एक पार्टी प्यालेसमा भएको नेपाल उपभोक्ता संरक्षण महासंघको अधिवेशनले मानबहादुर तामाङको अध्यक्षतामा २९ सदस्य प्रदेश समिति गठन गरेको हो ।
कार्यक्रममा महान्याधिवक्ता खम्बबहादुर खातीको पनि उपस्थिति थियो । सो क्रममा उनले विभिन्न देशको उदाहरण दिँदै उपभोक्ता उपभोक्ता संरक्षण महासंघ नेपालमा आवश्यक रहेको बताए । संस्थाको सञ्चाल देशभर विस्तार गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
विदेशमा यसखालका संस्थाले सरकारसँग मिलेर काम गर्ने गरेको, तर नेपालमा त्यस किसिमको वातावरण विकास भइनसकेको उनले बताए ।
‘उपभोक्ता संरक्षण महासंघको सक्रियतालाई प्रसंसा गर्दै उनले भने,‘ यसले उपभोक्तालाई स्वस्थ खानेकुरा खाना उपलब्ध गराउन सहयोग गराउनेछ । अब उद्योगहरुले पनि गुणस्तरहीन खाद्यवस्तु उत्पान गर्न पाउनेछैनन्,’ उनले भने ।
संस्था आवश्यक सहयोग गर्न सरकार सधैँ तयार रहेको उनको भनाइ थियो । यस्तै, सो कार्यक्रममा विभिन्न वरिष्ठ अधिवक्ताको उपस्थिति थियो ।