close

भूकम्प उद्धार : भेरी अस्पताललाई डेडिकेटेड बनाइयो

भूकम्प उद्धार : भेरी अस्पताललाई डेडिकेटेड बनाइयो

Trulli
ADVERTISEMENT

जारकोट- गएरातिको भूकम्पमा परी सयौं मात्रामा घाइते भएपछि उपचारका लागि भेरी अस्पताललाई भूकम्प विशेष (डेडिकेटेड) अस्पतालका रुपान्तरण गरिएको छ।

भेरी अस्पताल बाहेक कोहलपुर मेडिकल कलेज,सैनिक अस्पताल र प्रहरी अस्पतालको १०५ वटा बेड तयारी अवस्थामा राखिएको उल्लेख छ। पर्याप्त मात्रामा डक्टर , नर्सिङ स्टाफ र लजिस्टिक कि प्रबन्ध मिलाइएको बाँके प्रशासनले जनाएको छ।

हेलिकोप्टरबाट आउने बिरामीको लागि राँझा विमानस्थल र आर्मीको हेलिप्याडमा २/२ वटा एम्बुलेन्स तैनाथ गरिएको छ। ब्लडको अपुग भएमा फ्रेस ब्लड आपूर्तिको लागि रक्तदाता सुरक्षाकर्मीको व्यवस्था मिलाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए।